आज तेस्रो दिन के–के हुँदैछ ?

  • Clock icon
    २०८३ आश्विन २०, मंगलवार

काठमाडौँको खुलामञ्चमा अस्ति आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

हिजो सोमबारदेखि बन्दसत्र सुरु भएको महाधिवेशनमा केन्द्रीय निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार आज दिनभर उम्मेदवारी दर्तादेखि नामावली प्रकाशनसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म विभिन्न पदका लागि उम्मेदवारीको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।

मनोनयन दर्ताको समय समाप्त भएपछि समितिले आजै दिउँसो ४ः३० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।

पहिलो नामावली प्रकाशन भएसँगै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि दिउँसो ४ः३० बजेदेखि ५ः३० बजेसम्मको समय दिइएको छ ।

दाबी विरोधका लागि प्राप्त दरखास्तहरूउपर निर्वाचन समितिले आजै साँझ ५ः३० बजेदेखि ६ः३० बजेसम्म जाँचबुझ गर्नेछ ।