आज इन्दिरा एकादशी व्रत

  • Clock icon
    २०८३ आश्विन २०, मंगलवार

आज इन्दिरा एकादशी व्रत हो ।
पौराणिक कथन अनुसार सत्ययुगमा महिष्मति शहरमा इन्द्रसेन नामक एक प्रतापी राजाको राज्य थियो ।

ति राजा पुत्रपुत्री सहित धनसम्पतिले भरिपूर्ण र शत्रुहरुसंगअपराजित थिए । एकदिन इन्द्रसेन राजाको राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिकोआगमन भयो । नारदको आउनु भएपछि इन्द्रसेनले खुसी हुँदै आसन गराए ।

नारद पनि इन्द्रसेनको भक्तिले प्रसन्न भए । नारदले आफुले एकदिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गलोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्रसेन आश्चर्चचकित भए । नारदले त्यसको सविस्तार बताईदिए ।

इन्द्रसेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको ब्रतलाई पुरा गर्न नसकि बिचैमा छाडेकाकारण यमलोकको बास भएको नारदले बताईदिए ।

नारदले महिष्पतिका राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको ब्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गप्रस्थान हुने बताईदिए ।

नारद ऋषिले त्यति बताईदिएपछि सोहि अनुसार इन्द्रसेनले आश्विन कृष्णपक्षको इन्दिरा एकादशीको ब्रत बसी ब्रतको समापनमा ब्राम्हण पुरोहितहरुलाई बोलाई भोजन गराएर आफ्ना पितृको पाप हरण गरिदिए र स्वयंपनि पितृ धर्म प्राप्त गरि सुखशान्तिले राज्यचलाउन समक्ष भए ।

यहि मान्यता अनुसार नै यस एकादशीकोब्रतपछि अहिले पनि ब्राम्हणहरुलाई भोजन गराउने चलन रहेको छ । कतिपय समुदायमा भने यस एकादशीका दिन धूप दिप सहितबिष्णु भगवानको पूजा गरी गाईलाई फल आदि खुवाउँदछन्।

इन्दिरा एकादशीको ब्रतका दिन नसुति ब्रत बस्नुपर्ने मान्यता रहेको छ । त्यहि भएर मानिसहरु एकादशी ब्रतपछि दिनभर भजन किर्तन गरेर दिन विताउँछन् । यसका साथै एकादशी तिथीमा श्राद्ध परेका पितृहरुको श्राद्ध पनि आज गरिन्छ, सकल पितृहरुको मोक्षको कामना, बैतर्नी नदिको कृपा र सार सदैब रहोस् ।

एकादशी भनेको के हो ?

पञ्चाङ्गको एघारौँ तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औँसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औँसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ ।असोज कृष्णपक्षमा पर्ने एकादशी

असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ ।

इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी व्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको व्रत लिनाले समस्त पापहरूको नष्ट हुने विश्वास रहेको छ ।

हिन्दु परम्परा अनुसार सोह्र श्राद्ध भित्रको एकादशी भएकाले इन्दिरा एकादशी व्रत लिँदा समस्त पितृहरूको नर्कबाट उद्धार हुन्छ । इन्दिरा एकादशीको कथा सुन्नाले यज्ञादि फल मिले सरह हुनेछ ।