घुस र बिगो नौ लाख- आज मुद्दा दर्ता

  • Clock icon
    २०८३ आश्विन २२, बिहीबार

नापी कार्यालय डिल्लीबजार, काठमाडौंका नापी अधिकृत डिल्लीबहादुर वलीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस–रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आज बिहिबार मुद्दा दर्ता गरेको हो ।

अख्तियारको टंगालबाट खटिएको टोलीले असोज १ गते उनलाई नौ लाख रुपैयाँ घुससहित समातेको थियो ।

अनुसन्धानका क्रममा नापी अधिकृत वलीले छुट जग्गा दर्ताको सिफारिस फाइल भूमि प्रशासन कार्यालय पठाइदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागी दश लाख रुपैयाँ बुझेको पाइएको अख्तियारको दाबी छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १० लाख रुपैयाँ बिगो कायम गर्दै उनलाई कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।