विभिन्न देशका राजदूतद्धारा ओहोदाको प्रमाणपत्र

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका आवासीय तथा गैरआवासीय राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित छुट्टा–छुट्टै विशेष समारोहमा उनीहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

नेपालका लागि बंगलादेशका आवासीय राजदूत शाफिकुर रहमान, दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत अनिल सुकलाल, एङ्गोलाका क्लेमेन्ट पेड्रो फ्रान्सिस्को क्यामेन्हा र अर्जेन्टिनाका मारियानो अगस्टिनले ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नुपूर्व नवनियुक्त राजदूतहरुलाई होटल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।