प्रधानमन्त्री बालेन्द्र शाह-बालेनले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत गोरखाको बुढीगण्डकी नदीमा आएको बाढी पश्चात्को खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थल मार्गबाट खटिएको जानकारी दिँदै पहिरोको जोखिममा रहेको जगत इलाकाबाट ६ जनाको हवाई उद्धार गरिएको छ जनाएका हुन् ।
उनले बुढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणको लागि हेलिकप्टर परिचालन गरिएको तथा काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हवाई साधनबाट उक्त इलाकामा तैनाथ भएको उल्लेख गरेका छन् ।

