अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबारे नेपालका पूर्वप्रधानमन्त्री खनालको टिप्पणी

पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आुणविक केन्द्रहरू ध्वस्त पारेको दाबी गर्नुले विश्वमा ‘जङ्गली राज’ को नमुना प्रस्तुत गरेको टिप्पणी गरेका छन् ।

अमेरिकी बुम वार्डिङले शान्ति होइन, मध्यपूर्व भरि नै प्रतिरोधका ज्वालाहरू दन्किने सम्भावना देखिएको भन्दै उनले अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवाद नै मध्यपूर्वको अशान्तिको मुख्य कारक रहेको भन्दै आरोप समेत लगाएका छन् ।

सार्वजनिक कार्यक्रममा कम देखिने खनालले एक विज्ञप्ति जारी गर्दै ट्रम्पमाथि टिप्पणी गरेका छन्।