प्रधानमन्त्री पत्नी सविना काफ्ले २० घण्टा पछि अस्पतालबाट डिस्चार्ज

  • Clock icon
    २०८३ आश्विन ३०, शुक्रबार

प्रधानमन्त्री बालेन्द्र शाह- बालेन पत्नी सविना काफ्ले झण्डै २० घण्टा कोअस्पताल बसाईपछि टिचिङ अस्पतालबाट काठमाडौं डिस्चार्ज भएकी छन् ।

गएराति १ बजे उनलाई स्वास्थ्य समस्या देखा परेपछि तत्काल महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल पुर्याइएको थियो ।

पेटमा असह्य पीडा भएर अस्पताल पुर्याइएकी उनको बिहानीपख ४ बजे एपेन्डिसाइटिसको शल्यक्रिया गरियो ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएकाले साँझ डिस्चार्ज गरिएको सिंहदरबारले जनाएको छ ।