राष्ट्रिय सभाको बैठक आज बस्दै छ।
बिहीबार दिउँसो सबा १ बजे राष्ट्रिय सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा सांसद् जगप्रसाद शर्माले खानेपानीमा नागरिकको सहज पहुँच पुर्याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
त्यसैगरि बैठकमा राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले विनियोजन विधेयक २०८२ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।
त्यसैगरि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली २०७५ को नियम १३३ (क) को उपनियम २ बमोजिम विनियोजन विधेयक २०८२ सभा समक्ष पेस गर्ने कार्यसूचीसमेत रहेको संसद् सचिवालयले जनाएको छ ।

                        
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
             
                     
                                            
                                                    
                            