भारत भ्रमणमा सँगै रहेका दुई मन्त्रीको तस्बिर राख्दै प्रधानमन्त्री वालेन्द्र शाह-बालेनले प्रशंसा गरेका छन्।
प्रधानमन्त्री शाहले आज मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको आफ्नो तस्बिर सामाजिक सञ्जालमा राखेका छन्। उनले त्यसमा लेखेका छन्, ‘देश उँभो लाउने टोली’
अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि प्रधानमन्त्री शाहसँगै भारत भ्रमणमा गएका थिए। त्यही क्रममा तीनै जनाले संयुक्त तस्बिर लिएका थिए।
प्रधानमन्त्री शाहले दुवै जना मन्त्रीको प्रशंसा पनि गरेका छन्। उनले लेखेका छन्, ‘निक्कै मिहिनेती मान्छेहरू।’

