कारोबार हुने साताको दोश्रो दिन आज नेप्से दोहोरो अंकले बढ्यो

साताको दोस्रो कारोबार दिन आज मंगलबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक १५.३९ अंकले बढेर २६३८.२६ बिन्दुमा पुगेको छ। यस्तै, फ्लोट इण्डेक्स ३.८६ अंकले बढेको छ। क वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.२५, सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ अंकले बढेको छ।

आज कारोबार रकम पनि बढेको छ। हिजो सोमबार ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार ३५० स्टकको ५२ हजार ३८७ पटकको कारोबारमा ५ अर्ब ५५ करोड ३० लाख १९ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको स्टक एक्सचेञ्जले जनाएको छ ।