कुलिङ पिरियड : संसदीय छानबिन समिति

नेपाली कांग्रेसका सांसदले कुलिङ अफ पिरियडको व्यवस्थासम्बन्धमा भएको बदमासीबारे छानबिन गर्न संसदीय समितिको माग गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बुधबारको बैठकमा कांग्रेस सांसद हृदयराम थानीले उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका हुन् । एक जना व्यक्तिले मात्रै चाहेर यति ठूलो चलखेल हुन नसक्ने भन्दै उनले यसको पछाडि ठूलै समूह रहेको आशंका व्यक्त गरे ।

‘निजामती सेवा विधेयकमा भएको छेडखानीका विषयमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति बनाइनु पर्दछ,’ बैठकमा सांसदहरुले बताए ।

समितिबाट षड्यन्त्र भएको सुन्दा दुस्ख लागेको भन्दै कांग्रेस सांसदहरुले समितिका सभापति र सचिवले यो विषयमा जानकारी छैन भनेर उम्किन नमिल्ने बताए ।

उनिहरुले भने, ‘समितिका टाठोबाठो सभापति, सचिवले यो विषय जानकारी छैन भन्न मिल्दैन,’ उनले थपे, उहाँहरूले हामीलाई थाहा भएन कसरी भन्न सक्नुभयो ?’

उनिहरुले निजामती सेवा विधेयकमा भएको चलखेलमा सामेल भएकाहरूलाई कारबाही गर्नुपर्ने र संसद्को धज्जी उडाइएको जिकिर गरे । सांसदहरुले सभापतिले यो टुंगो लगाउने काममा प्रयोग भएको कोर टिमको बारेमा पनि जानकारी गराउनु पर्ने बताएका छन् ।