भारत गोवाबाट पुणेतर्फ उडिरहेका बेला स्पाइसजेट विमानको झ्यालको फ्रेम उप्किएको छ।
एयरलाइन्सले बुधबार यो जानकारी दिएको हो। घटना भने मंगलबारको हो।
एयरलाइन्सले विज्ञप्तिमा भनेको छ ‘क्यू४०० विमानमध्ये एकको कस्मेटिक (भित्री) झ्यालको फ्रेम उडानका क्रममा खुकुलो भयो र उप्कियो।’
एयरलाइन्सका अनुसार विमान पुणे विमानस्थलमा अवतरण गरेपछि फ्रेम मर्मत गरिएको छ।
स्पाइसजेटले विज्ञप्तिमा अगाडि भनेको छ उडानभरि क्याबिनमा दबाब सामान्य रह्यो र यसले यात्रुहरूको सुरक्षामा कुनै असर पारेन।