बद्री केसीले एआरएनए फुटाउन खोजेको महेश श्रेष्ठको आरोप

  • Clock icon
    २०८२ असार १९, बिहीबार १९:२७

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश श्रेष्ठले संस्थाको एकता भंग गर्ने प्रयास भइरहेको भन्दै गम्भीर आरोप लगाउनुभएको छ ।

विशेषगरी बद्री केसी र उनको समूहले बेल्जियम, नेदरल्याण्ड, कतार, युएई लगायतका देशहरूमा एआरएनएको समानान्तर समिति गठन गरेर राष्ट्रिय समन्वय परिषद्हरुमा फुटको सुरुआत गरेको उहाको आरोप छ ।

‘एनआरएनएको केन्द्रको विवादका कारण राष्ट्रिय समन्वय परिषदहरुमा विवाद गर्नु हुँदैन, विभाजन गर्न हुँदैन भन्ने हाम्रो मान्यता विपरित उक्त समूहद्वारा विभिन्न देशहरुमा समानान्तर समितिहरु वनाउने जुन हर्कत गरिएको छ, यसको हामी घोर भ्रत्सना गर्दछौँ,’ श्रेष्ठको भनाइ छ।

  • Clock icon
    २०८२ असार १९, बिहीबार १९:२७