एभरेष्ट बैंकले शाखा विस्तार गरेको छ । बैंकले बर्दीबास नगरपालिका– १, महोत्तरीमा आफ्नो १३३औँ शाखा विस्तार गरेको हो । शाखाको उद्घाटन बर्दीबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले संयुक्त रूपमा गरेका हुन् ।
शाखा उद्घाटनसँगै महोत्तरीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिन सक्ने विश्वास बैंकले गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । बर्दीबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कार्यक्रममा वडा नं १ का वडाध्यक्ष भोला खड्का, बर्दीबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका कर्मचारीलगायतको उपस्थिति थियो ।
पछिल्लो समय बैंकले आम जनतामा सरल र सहज बैकिङ सुविधा पुर्याउने हेतुले शाखा विस्तारलाई तथा डिजिटल बैकिङलाई तिब्र रुपमा आत्मसाथ गर्दै आइरहेको छ ।