मोटरसाइकल दुर्घटनामा हेटौडाका हेडमास्टर्सको मृत्यु

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०८:४९

गएराति हेटौँडामा भएको मोटरसाइकल दुर्घटनामा सामुदायिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर्स)को मृत्यु भएको छ।

हेटौँडा उपमहानगरपालिका १० स्थित राप्ती रोडमा गएराति ११ बजेतिर ना.४३ प ४५१५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरकै राक्सिराङमा रहेको कालिका माविका प्रधानाध्यापक ४५ वर्षीय दीपेन्द्रकुमार झाको मृत्यु भएको प्रहरीले जनाएको छ।

झा धनुषाको जनकपुरधाम उपहानगरपालिका( ४ का स्थायी वासिन्दा हुन्। उनी विगत १५ वर्षदेखि कालीका माविमा कार्यरत थिए।

शिक्षक झा बुद्धचोकबाट थानाभर्याङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार ह्युमपाइप राख्नको लागि खनिएको सडकमा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक झाको मृत्यु भएको हो।

 

  • Clock icon
    २०८२ असार २०, शुक्रबार ०८:४९