जगदम्बा मोटर्सद्वारा थापाथलीमा प्रोटोन इमासको नयाँ सोरुम स्थापना

शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाडौंको अटोमोटिभ हब मानिने थापाथलीमा प्रोटोन इमासको नयाँ सोरुम स्थापना गरेको छ ।

आइतबार आयोजित कार्यक्रबिच इमासका ग्राहकसमेत रहेका गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले सोरुमको उद्घाटन गरे । ‘हामी थापाथलीमा सोरुम खोल्न पाउँदा हर्षित छौँ, जुन हामीलेआगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै सोरुमहरूमध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक गुप्ताले भने, ‘हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास सोरुम खोल्ने हो ।

यी सोरुमहरू कम्पनीको स्वामित्वमा रहने र कम्पनीद्वारा सञ्चालित हुनेछन्, ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनोट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।