आईपिएलमा कोलकाता नाइट राइडर्सले १ रनको रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा कोलकाताले राजस्थान रोयल्समाथि १ रनले जिते ।
जितले कोलकाताको प्लेअफ सम्भावा कायमै राखेको छ । कोलकाताको ११ खेलमा ११ अंक भएको छ । खेल्न बाँकी ३ खेलछ बाँकी खेल कोलकातालाई महत्वपूर्ण हुनेछ । राजस्थान भने यसअघि नै प्रतियोगितबाट बाहिरिसकेको छ । जसको हाल सम्म ६ अंक मात्र छ ।