बिमा प्राधिकरण अध्यक्ष : सहसचिव पोखरेल

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०६:२१

सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बिमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो।

उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषदले जनाएको छ।

प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेपछि पोखरेलले सो जिम्मेवारी पाउनुभएको हो ।

हिजो सोमबारको मन्त्रिपरिषद बैठकले ओझालाई निलम्बन गरी छानबिन गर्ने निर्णय गरेको छ।

  • Clock icon
    २०८२ असार ३१, मंगलवार ०६:२१