धेरैवटा सुपरहिट धारावाहिकका निर्माता तथा निर्देशक ८० वर्षीय अभिनेता धीरज कुमारको मंगलबार निधन भएको छ।
उहाँको भारतस्थित मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा मृत्यु भएको हो ।
धीरज कुमारलाई निमोनियाका कारण शनिबार अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उहालाई गम्भीर अवस्थामा भेन्टिलेटरमा राखिएको थियो।
धीरज कुमारले धेरै अंग विफलताका कारण अन्तिम सास फेरेको बीबीसीले जनाएको छ ।
धीरज कुमार १९६० को दशकमा एक प्रसिद्ध पत्रिकाद्वारा आयोजित प्रतिभा खोज प्रतियोगितामा भाग लिएपछि अभिनयको दुनियाँमा प्रवेश गरेका जनाइएको छ ।
उहाले ‘उधर का सिन्दूर’, ‘सरगम’, ‘रोटी कपडा और मकान’, ‘स्वामी’, ‘रातों का राजा’, ‘हीरा पन्ना’, ‘क्रांति’, ‘माङ भरो सजना’, ‘पुराण मन्दिर’, ‘कर्म युद्ध’, ‘बहुरूप’ जस्ता धेरै फिल्ममा काम गर्नुभयो ।
हिन्दी फिल्ममा काम गर्नुअघि धीरज कुमारले २० भन्दा बढी पञ्जाबी फिल्ममा पनि काम गर्नुभएको इतिहास छ ।