पोखरामा एक अधबैँसे पुरुषले कान्छी श्रीमतीको कायरतापूर्ण हत्यापछि आफूले पनि आत्महत्या गरेका छन्।
घटना सोमबार दिउँसोको हो। पत्नीको हत्या गर्ने व्यक्ति पोखरा–१७ बिरौटाका ५७ वर्षीय ऋषिराम बराल हुन्। उनको हातबाट ३७ वर्षीया देवी पराजुली बराल मारिएकी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुईवटा घरबार गरेका ऋषिरामले कान्छी श्रीमती देवीसँग झगडा परेपछि धारिलो हतियार प्रयोग गरे।
अनि त्यतिले नपुगेर मेडासिड नामक विषादी पनि खुवाएको पाइएको प्रहरीले जनाएको छ।