चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीले सिङ्गापुरमा चर्चित अर्बपति तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटवार्ता गरेका छन्।
त्यहाँ आयोजित फिलान्थ्रपी एसिया एलायन्स -२०२५ (पिएए- २०२५) को अवसरमा मंगलबार दुई अर्बपतिबीच भेटवार्ता भएको हो।
सो क्रममा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको चौधरी ग्रुपले जनाएको छ। उक्त भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरेका थिए।
उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए। सांसद समेत रहेका चौधरीले सोसियल मेडियामार्फत बिल गेट्स संगको साइडलाइन मिटिंगको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।