काभ्रेमा बस दुर्घटना, २ दर्जन घाइते-अवस्था सहित

काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । आज शनिबार केहिबेर अघि भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ ।
यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ ।

रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भइ उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार बस घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिइएको हो ।

घाइतेहरुको अवस्था:

१)रामेछापको दोरम्बा गाउँपालिका–२ का ४६ वर्षीय भिम बहादुर मगर । (मुख र घुँडामा चोट, अवस्था मध्यम)

२) रामेछापको दोरम्बा गाउँपालिका–७ का ४४ वर्षीय नम्बर सिंह तामाङ । (मुख र घाँटीमा चोट, अवस्था मध्यम)

३) रामेछापको दोरम्बा गाउँपालिका–४ का ४६ वर्षीया फुल माया तामाङ । (टाउकोमा चोट, अवस्था मध्यम)

४) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का अन्दाजी ३० वर्षीया राम बहादुर चापागाईं (कम्मरमा भित्रि चोट, अवस्था मध्यम)

५) काभ्रेको चौरिदेउराली गाउँपालिका– ५ का अन्दाजी ४५ वर्षीय मिन बहादुर वि।क । (दाहिने आँखा र देब्रे कुममा चोट, अवस्था मध्यम)

६) रामेछापको दोरम्बा गाउँपालिका–७ का अन्दाजी २८ वर्षीय भुवन थापा मगर । (ओठमा चोट, सामान्य)

७) गोरखाको अजिरकोट गाउँपालिका– ४ का अन्दाजी ३५ वर्षीय कमल सुनार । (च्यापुमा चोट, मध्यम)

८) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का २६ वर्षीय सुवास तामाङ । (च्यापुमा चोट, मध्यम)

९) काभ्रेको चौरिदेउराली गाउँपालिका–५ का ४४ वर्षीया निर्मला खत्री । (देब्रे हातमा चोट, सामान्य)

१०) काभ्रेको चौरिदेउराली गाउँपालिका–९ का अन्दाजी २१ वर्षीय सरोज रसाईली । (देब्रे हातमा चोट, सामान्य)

११) काभ्रेको चौरिदेउराली गाउँपालिका–२ का २६ वर्षीय राम गौतम (छाति र गालामा चोट, मध्यम)

१२) काभ्रेको चौरिदेउराली गाउँपालिका–४ का २१ वर्षीय सरोज विक । (टाउको र देब्रे खुट्टामा चोट मध्यम)

१३) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का ७८ वर्षीय दोर्जे लामा (छातीमा भित्री चोट, मध्यम)

१४) काभ्रेको चौरिदेउराली गाउँपालिका–३ का १७ वर्षीय प्रकाश गौतम (छातीमा चोट, सामान्यं

१५) रामेछापको दोरम्बा गाउँपालिका–७ का ५९ वर्षीय असलमान तामाङ (कोखा दुखेको, सामान्य)

१६) रामेछापको दोरम्बा गाउँपालिका–७ का ६४ वर्षीय सुकलाल लामा ९छाति दाहिने घोडामा चोट, मध्यम०

१७) रामेछापको दोरम्बा गाउँपालिका–७ का ४५ वर्षीय शेर बहादुर तामाङ (कोखामा दुखाई, सामान्य)

१८० रामेछापको दोरम्बा गाउँपालिका–४ का ५९ वर्षीय ४० वर्षीय तारा बहादुर श्रेष्ठ (मुखमा चोट सामान्य)

१९) रामेछापको दोरम्बा गाउँपालिका–७ की १५ वर्षीया दिव्या थापा मगर (दाँतमा चोट, सामान्य)

२०) रामेछापको दोरम्बा गाउँपालिका–४ ५१ वर्षीय चेत बहादुर श्रेष्ठ (कम्मरमा भित्री दुखाई, मध्यम)

२१) काभ्रेको चौरी देउराली गाउँपालिका–३ का ५८ वर्षीया माईली तामाङ (छातीमा भित्री चोट, सामान्य)

२२) काभ्रेको चौरी देउराली गाउँपालिका–५ की ६४ वर्षीया मैया बुढाथोकी (टाउको दाहिने हातमा चोट, मध्यम)

२३) काभ्रेको चौरी देउराली गाउँपालिका–५ का ४१ वर्षीय जनक रिजाल (कम्मरमा भित्री दुखाई, मध्यम)

 

अनलाइनखबरबाट साभार