नेप्सेमा आज पनि सुधार

गएको वर्षजस्तै यसवर्ष पनि साउन लागेसँगै सेयर बजारमा कारोबार रकममा व्यापक वृद्धि भइरहेको छ। यो साता पहिलो कारोबारमा आइतबार २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार हुँदा बजार भने उतारचढावबीच स्थिर देखिएको छ।

गएको वर्ष पनि साउनमा ९ दिनसम्म २० अर्ब रुपैयाँमाथिको कारोबार भएको थियो। साउन ३१ गते त अहिलेसम्मकै सर्वाधिक कारोबार रकम २९ अर्ब ९५ करोड ८३ लाख रुपैयाँ पुगेको थियो। जतिबेला बजार ३०००.८१ को बिन्दुसम्म पुगेको थियो।

यो साता पहिलो कारोबारमा आइतबार व्यापक उतारचढावबी ०.३२ अंकले बढेर बजार २८७०.९६ बिन्दुमा पुगेको छ। आइतबार बढ्दै २९२२ मा पुगेको सेयर बजार उतारचढावबीच २८७० मा आइपुगेको हो। १०५ कम्पनीको सेयर मूल्य बढेको बजारमा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार भएको कारोबार गएको वर्ष साउनयताकै ठूलो कारोबार हो।

गएको तीन सातामा बजार समग्रमा २७४.८५ अंकले बढेको थियो। गएको साता आइतबार २९ अंकले बढेको बजार सोमबार ३५.०९ अंकले घटेको थियो। मंगलबार ३४।४६ अंकले बढेको बजार बुधबार पनि ३४.६१ अंकले बढेको थियो। साउन १ गते बिहीबार ७५.८४ अंकले बढेर २८७०.६४ बिन्दुमा पुगेको थियो। जहाँ १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको थियो।

मौद्रिक नीतिपछि सकारात्मक देखिएका लगानीकर्ता सम्हालिएसँगै बढिरहेको बजारमा साउनको पहिलो कारोबार व्यापक हरियाली भएकोमा दोस्रो कारोबार स्थिर देखिएको हो।

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। अहिले पुनस् बजारमा नयाँ उचाइतर्फको आधार खडा भएको छ। संगठित लगानीकर्तासमेत सकारात्मक बनिरहेका छन्।
आइतबारको करेक्सन लामो वृद्धिपछि आएकाले बजारको अवस्थामा फरक नपार्ने र उचाइतर्फ नै बढ्ने विश्लेषकहरू बताउँछन्।