काठमाडौंको तारकेश्वर नगरपालिका ८ को पिपलडाँडा खेल मैदानको बारमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
ती महिलाको पहिचान खुल्न बाँकी रहेको वडाध्यक्ष श्यामकृष्ण सापकोटाले जानकारी दिनुभयो ।
प्रत्यक्षदर्शीका अनुसार मृतक महिलाले कालो कपडा, कालो झोला र कालो जुत्ता लगाएकी छन् ।
घटनास्थलमा प्रहरी र स्थानीय भेला भएका छन् । तर अहिलेसम्म कसैले पनि पहिचान गर्न सकिएको छैन ।