रास्वपमै पुगेर अमरेश सिंहद्धारा रविको पक्षमा हस्ताक्षर

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर भैरहवा जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्नुभएको छ ।

सर्वोच्च अदालतलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा निर्दोष नदेखिएको भन्दै थुनामै राख्द दिएको अवस्थामा स्वतन्त्र सांसद उहाले रविको पक्षमा हस्ताक्षर गर्नुभएको हो ।

सिंहले बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)को मुख्य कार्यालय घण्टीघरमा पुगेर ठूला दलहरूले ३० वर्षदेखि शासन गरेर नेपाललाई ऋण मात्रै बोकाएको आरोपसमेत लगाउनुभएको छ ।
उहाले रवि लामिछाने राजनीतिमा आएको तीन वर्ष मात्रै भएको बताउनुभयो । अहिले जताततै भ्रष्टाचारमात्रै रहेको बताउँदै सिंहले नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी खरिदको भ्रष्टाचारबारे छानबिन नभएको गुनासो गर्नुभएको छ ।