खिम्ती–घ्वाङ जलविद्युत् आयोजनामा एनएमबी बैंकको १ अर्ब २४ करोड लगानी
काठमाडौं। दोलखा र रामेछापको सीमामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती–घ्वाङ साना जलविद्युत् आयोजना निर्माणका लागि एनएमबी बैंकले १ अर्ब २४ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ। आयोजना प्रवर्द्धक वन्डर्स इन्जिनियरिङ प्रा.लि. र एनएमबी बैंकबीच ऋण लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा एनएमबी बैंकका तर्फबाट बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक […]