परराष्ट्र मन्त्रालयको बजेट ११ प्रतिशतले वृद्धि, आर्थिक कूटनीति र प्रविधिमैत्री सेवामा जोड
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि परराष्ट्र मन्त्रालयको बजेट वृद्धि गरिएको र आर्थिक कूटनीति, सार्वजनिक कूटनीति तथा प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मन्त्रालय र मातहतका निकायका लागि आठ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन भएको […]