दोलखाको समृद्धिका लागि शिवाकोटीको मार्गचित्र : सुरुङमार्गदेखि ‘रामायण सर्किट’सम्म
चरीकोट । नेपाली कांग्रेसका दोलखा जिल्लाका उम्मेदवार अजयबाबु शिवाकोटीले आफ्नो विकास अवधारणा सार्वजनिक गरेका छन् । बुधबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सो अवधारणा सार्वजनिक गरेका हुन् । निर्वाचनका क्रममा दोलखाका मतदाताको घरदैलोमा जाँदा आफूले आश्वासनका पोका मात्र बाँड्न नचाहेको उल्लेख गर्दै उनले सांसद पदमा रहुञ्जेल नागरिकका साझा समस्या समाधानमा प्रतिबद्ध रहने बताए । शिवाकोटीले […]