कजारिया बन्यो ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक

काठमाडौ / कजारियाले ‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक बनेको छ । यो साझेदारि केवल एक प्रायो जन मात्र नभई      नेपालीको आकांक्षासँग जोडिने कजारियाको प्रतिबद्धता रहेको बताइएको छ ।

मिस नेपाल २०२६ सँगको यस आबद्धतामार्फत कम्पनीले टायल र डिजाइन सोलुसन्सको दायराभन्दा बाहिर गएर आफ्नो उपस्थितिलाइ  मजबुत बनाउने लक्ष्य राखेको छ । यसले आफूलाई आकांक्षा, भव्यता, आत्मविश्वास र आधुनिक नेपाली उत्कृष्टतालाई प्रतिनिधित्व गर्ने ब्रान्डका रूपमा स्थापित गर्न खोजेको जनाइएको छ । यो सहकार्यले रचनात्मकता, र रूपान्तरणलाई प्रतिबिम्बित गर्ने मञ्चहरूसँग हातेमालो गर्ने कजारियाको दृष्टिकोणलाई थप सबल बनाएको कजारियाको भनाइ छ । द हिडन ट्रेजर मिस नेपालसँग सहकार्य गर्दै कजारियाले देशभरका उपभोक्तासँग ब्रान्डको उपस्स्थीति र आकर्षणलाई बढाउने लक्ष्य लिएको छ ।

‘मिस नेपाल २०२६ को मुख्य प्रायोजकका रूपमा आबद्ध हुन पाउँदा हामीलाई गर्व लागेको छ । यस आबद्धतामार्फत हामी  नेपालभरका दर्शकसँगको आफ्नो सम्बन्धलाई प्रगाढ बनाउन चाहन्छौ  र कजारियालाई आकांक्षा, भव्यता र समकालीन जीवनशैलीको पर्याय ब्रान्डका रूपमा स्थापित गर्न चाहन्छौ, ’ कम्पनीले भनेको छ ।