आपूर्ति चुनौतीबीच खाद्य बजारमा समायोजन
काठमाडौँ । पश्चिम एसियामा जारी युद्धका कारण पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुँदा नेपालमा ढुवानी लागतदेखि खाद्यान्न प्याकेजिङ सामग्रीसम्मको मूल्य बढ्न थालेको व्यवसायीहरूले बताएका छन्। नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालका अनुसार बोराको मूल्य दोब्बरले वृद्धि भएको छ। उनका अनुसार कच्चा पदार्थको आपूर्ति जारी रहे पनि ढुवानी खर्च बढेकाले उत्पादन लागतमा असर परेको […]