इन्फोमेरिक्सको कडाइ, महालक्ष्मी कन्स्ट्रक्सनको साख रेटिङ फिर्ता
नेपालको प्रतिष्ठित क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रालीलाई प्रदान गरेको सम्पूर्ण साख मूल्याङ्कन (क्रेडिट रेटिङ) तत्काल लागू हुने गरी फिर्ता लिएको छ। कम्पनीले रेटिङको नियमित अनुगमनका लागि आवश्यक वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना उपलब्ध नगराएपछि यस्तो निर्णय गरिएको एजेन्सीले जनाएको छ। इन्फोमेरिक्सका अनुसार यसअघि महालक्ष्मी कन्स्ट्रक्सनलाई ‘इस्युअर नट […]