इरानमा परिवर्तनको आवाज, विश्वको ध्यान केन्द्रित
इरानमा पछिल्ला दुई सातादेखि जारी सरकारविरोधी प्रदर्शनले तीव्र रूप लिँदा देश गम्भीर राजनीतिक र सामाजिक सङ्कटको केन्द्रमा पुगेको छ। अमेरिकी मानव अधिकार संस्था ‘एचआरएएनए’ का अनुसार हालसम्म ५३८ जनाको ज्यान गएको छ, जसमा ४९० प्रदर्शनकारी र ४८ सुरक्षाकर्मी रहेका छन्। प्रदर्शनका क्रममा १० हजार ६ सयभन्दा बढी मानिस पक्राउ परेका छन्। यद्यपि, इरान सरकारले आधिकारिक […]