राष्ट्र बैंकले बजारबाट थप ५५ अर्ब तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बजारमा रहेको अतिरिक्त रकम खिच्ने क्रमलाई निरन्तरता दिएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत आज भदौ २४ गते बैंकिङ प्रणालीबाट थप ५५ अर्ब रुपैयाँ खिच्न लागेको हो । यसअघि गत सोमबार पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ बजारबाट खिचेको थियो । […]