प्रभु बैंकमा कमिसन आम्दानीको बलियो उछाल
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म प्रभु बैंक लिमिटेडले मिश्रित वित्तीय प्रदर्शन सार्वजनिक गरेको छ। बैंकले आम्दानीका स्रोतहरू विविधीकरण गर्दै केही क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको देखिएको छ। समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिसन आम्दानी ६२ दशमलव ३१ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ४ लाख ६ हजार रुपैयाँ पुगेको छ। […]