४५ घण्टापछि खुलेको नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको हो। ४५ घण्टा लगाएर पहिरो हटाएपछि आइतबार दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन:पहिरो खसेपछि अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। चितवनका ट्राफिक प्रहरीका अनुसार गएराती ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन। […]