भूराजनीतिको भयसिर्जित भाष्य
१८औं शताब्दीको दुई ढुङ्गाबीचको ‘तरुल’ को उपमाबाट २१औं शताब्दीको ‘भूजडित’ राज्यको अवधारणासम्म आउँदा नेपालको भूराजनीति राष्ट्रको अस्तित्व र रणनीतिक सन्तुलन गुम्ने त्रासकै वरिपरि घुमेको छ। नेपालको परराष्ट्र मामिलाबारेका बहसमा एउटा अनौठो निरन्तरता छ ( भूराजनीति। भूराजनीति चियागफदेखि विज्ञका विश्लेषणसम्मको साझा विषय बन्ने गरेको छ। जबकि हाम्रो चेत मानवीय भूगोल, दैनन्दिनका अनुभव र राज्य सञ्चालनको यथार्थभन्दा […]