आज पहाडी भागमा फागुपूर्णिमा मनाइँदै
फागुपूर्णिमा अर्थात् होली पर्व आज नेपालका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ। यस वर्ष पनि तराईमा मङ्गलबार होली मनाइँदै छ। […]