कृषि र दुग्ध क्षेत्रमा नीति तथा कार्यक्रम अपेक्षा गरिए अनुसार अपुरो
हिजो प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई उत्पादनमुखी, आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकताका साथ उठाइएको छ। कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण, बजार सुनिश्चितता, युवा सहभागिता, सहुलियत वित्तीय पहुँच तथा कृषि बीमाजस्ता विषय समेटिनु सकारात्मक पक्ष हुन्। साथै बाँझो जमिनको उपयोग, करार खेती, सामूहिक खेती, कृषि प्रशोधन उद्योग, खाद्य […]