सानीगाड हाइड्रो आईपीओ विवादमा नयाँ तरंग : कांग्रेस कोषाध्यक्षको नाम जोडिएपछि छानबिनको माग तीव्र
काठमाडौं । बझाङको सानीगाड हाइड्रोपावरको आईपीओ निष्कासन प्रक्रियामा अनियमितता भएको आरोप सार्वजनिक भएपछि राजनीतिक, आर्थिक र ऊर्जा क्षेत्र एकसाथ तरंगित बनेका छन्। आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको सेयर वितरणमा पहुँचवालाको चलखेल भएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेपछि प्रकरणले थप गम्भीर मोड लिएको हो। यसबीच नेपाली कांग्रेसका कोषाध्यक्ष तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ निकट […]