गोठाटारको काठ गोदाममा लागेको आगो नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी
काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ। शनिबार राति करिब साढे ९ बजे अचानक आगलागी भएपछि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सक्रिय प्रयासमा आगो नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकल घटनास्थलमा परिचालन गरिएको […]