कबड्डी ५, १० दिनमै १० करोड कमाउने यस वर्षको पहिलो फिल्म
रामबाबु गुरूङ निर्देशित फिल्म कबड्डी ५ आफ्टर द फाइनल म्याचुले बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। कात्तिक ६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १० दिनमै १० करोड रूपैयाँको आँकडा पार गरेको हो। यससँगै फिल्मले यस वर्ष सबभन्दा छोटो समयमा १० करोड रूपैयाँ ग्रस कलेक्सन गर्ने फिल्मको रेकर्डसमेत बनाएको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको आधिकारिक […]