यू–१९ महिला क्रिकेट टोली चीन प्रस्थान

  • Clock icon
    २०८३ कार्तिक १६, सोमबार

चीनमा हुने बेल्ट एन्ड रोड सिरिजका लागि सोनु पाख्रिनको कप्तानीमा १५ सदस्यीय यू–१९ महिला क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले  बिदाइ गरेको छ।

क्यानका उपाध्यक्ष रोशन सिंहले टोलीलाई बिदाइ गरे। टोली आज त्यसतर्फ जानेछ ।

टोलीमा रचना कुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर (विकेटकिपर), टिका शाह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनिषा चौधरी, आशिका कुमारी महरा, अनु कडायत, मनिषा कुमारी उपाध्याय, सना प्रविन, अलिशा कुमारी यादव (विकेटकिपर) र तिर्सना विश्वकर्मा छन्। टोलीको प्रशिक्षक महेश रिजाल हुन्।

४ टोलीले खेल्ने 

बेल्ट एन्ड रोड यू १९ महिला  टि ट्वान्टीमा आई सिरिज कात्तिक १७ देखि २२ गते (नोभेम्बर ३ देखि ८) चीनमा हुँदैछ।

साक्सी टाउन क्रिकेट सेन्टर (टीएससीसी), ताइचाङ, चीनमा हुने सिरिजमा नेपाल, चीन, हङकङ र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछ। हरेक टोलीले ६ खेल खेल्नेछ ।

नेपालले यो सिरिजपछि नोभेम्बर १० देखि २२ सम्म भारतको बैंगलुरुमा हुने त्रिकोणात्मक सिरिज पनि खेल्नेछ।

दुवै सिरिज सन् २०२७ मा नेपाल र बंगलादेशमा संयुक्त रूपमा आयोजना हुने आईसीसी यु १९ महिला टि ट्वान्टी  विश्वकपको तयारीका रूपमा खेल्न लागिएको हो।

नेपालको खेल

मिति        विरुद्ध

नोभेम्बर ३ – थाइल्यान्ड

नोभेम्बर ४ – चीन

नोभेम्बर ५ – हङकङ

नोभेम्बर ६ – थाइल्यान्ड

नोभेम्बर ७ – चीन

नोभेम्बर ८ – हङकङ