मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन
भारतको निर्वाचन नामावलीबाट करिब १३ करोड मतदाताको नाम हटाइएको भन्दै निर्वाचन आयोगविरुद्ध नयाँदिल्लीमा प्रदर्शन भएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी) को आह्वानमा आइतबार भएको प्रदर्शनमा निर्वाचन प्रमुखको राजीनामा माग गरिएको छ । ‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक […]