इन्द्रचोकमा अझै बाँचिरहेको पोते बनाउने कला
काठमाडौंको इन्द्रचोकमा पोते बनाउने काम गर्दै आएका खालिद दिनले आफ्नो जीवनको करिब ५५–५६ वर्ष यही पेसामा बिताएका छन् । उनी आफूलाई इन्द्रचोकमा पोते बनाउने व्यवसायीमध्ये सबैभन्दा पूराना हुन् । ‘सायद म नै यो ठाउँमा पोते बनाउने पुरानो व्यक्ति हुँ,’ खालिद भन्छन्, ‘म त बनाउनेमध्ये मात्रै हुँ । सामग्री बाहिरबाट ल्याउँछु । पोते, नौगेडी, छड्केलगायतका माला […]