काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिक ब्राउन सुगरसहित नागढुंगामा पक्राउ
काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिक ब्राउन सुगरसहित पक्राउ परेका छन्। आज शनिबार काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुंगा चेकपोस्टमा ७५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ परेका हुन्। सुरक्षा जाँचका क्रममा भारतको दार्जिलिङस्थित सिलगुडी चम्पासारीका ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस पक्राउ परेका छन्। काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा. प्र. ०३-००१ ख […]