भारतमा शक्तिशाली आँधी आउने, कात्तिक ११ देखि नेपालको मौसम प्रभावित हुने
बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली चक्रवात आँधीमा परिणत हुने छ । जसले गर्दा भारतमा शक्तिशाली आँधी आउने र त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार एक विशेष बुलेटिन जारी गर्दै आगामी सातादेखि नेपालको मौसम प्रभावित हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। […]