तीन हजारको सामान किन्दा सन्तमायालाई १० लाखको बम्पर उपहार
नुवाकोटकी सन्तमाया तामाङले तीन हजार रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेकी छिन्। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत उनले उक्त पुरस्कार जितेकी हुन्। तामाङले नुवाकोटस्थित एक फेन्सी हाउसबाट तीन हजार रुपैयाँबराबरको सामान खरिद गरेकी थिइन्। सोही खरिदको बिल नम्बर ०८१६३२५१५८४९ बम्पर पुरस्कारका लागि छनोट भएको हो। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी […]