राजा वीरेन्द्रको बिहेमा नेपाल
फागुन २०२६ । राजा महेन्द्रका छोरा युवराज वीरेन्द्रको विवाह हुँदैछ भनेर गाउँभरि हल्लिखल्ली थियो। राजालाई ‘भगवान् विष्णुको अवतार’ मानिने समय। ‘विष्णुको अवतारका छोरा’, ‘भविष्यका विष्णुको अवतार’को विवाह हेर्न धेरै मानिस लालायित थिए। ‘जीउँदैमा तर्पण दिनुपर्ने मान्छे पो हो त राजा भनेको,’ पुरोहितहरू समूहसमूहमा भनिरहेका हुन्थे। हाम्रो गाउँ पञ्चायत माङ्खा (सिन्धुपाल्चोक जिल्ला) का प्रधानपञ्च पद्मलाल चौलागाईं […]