परिसंघको अर्थमन्त्री वाग्लेलाई उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन आग्रह
आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई आइतबार उनकै कार्यकक्षमा भेटेर परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहितको टोलीले आव २०८३-८४ को बजेट निजी क्षेत्रलाई विकासको वाहकका रूपमा लिई उद्योग तथा लगानी वृद्धि गराउनेतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिएको हो । आय आर्जन […]