लालीबजार चलचित्रविरुद्ध माइतीघरमा प्रदर्शन
प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम गर’, ‘चलचित्र विकास बोर्ड मुर्दावाद’ लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका थिए । विरोध प्रदर्शनमा सहभागी डा. रोशनी नेपाली वादीले न्यायका लागि अदालत पुगे पनि न्याय नपाएको गुनासो गरिन् । […]